प्यूठान, भदौ २ः जंगली च्याउको तरकारी बनाएर खाँदा प्यूठानमा दाजुभाइको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर बिरामी परेका छन् ।
मृत्यु हुनेमा नौबहिनी गाउँपालिका ६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेश रहेका छन् ।
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उनकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।