जाजरकोट, साउन १२ः गएराति जंगली विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर बिरामी परेका छन् ।
मृत्यु हुनेमा कुशे गाउँपालिका १ की अन्जना चलाउने रहेका छन् । गम्भीर बिरामी हुनेमा टेक बहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिए।
बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए ।