जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

| 2020 May 03 | 04:17 pm 1565

चितवन, बैशाख २१ः जंगली च्याउ खाँदा भरतपुर महानगरपालिका २९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् ।

उनीहरुले घर नजिकैकाे जंगलबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए ।

च्याउ खाएसँगै बिरामी परेपछि आइतबार बिहान उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । बिरामी परेका मध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.