जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुईकाे मृत्यु, दुई बिरामी

| 2020 May 05 | 08:33 pm 1960

अर्घाखाँची, बैशाख २३ः जंगली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाकाे मृत्यु भएकाे छ भने दुई जना गम्भीर बिरामी भएका छन् । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका ६ खिल्जी निवासी ३२ वर्षीय रामकला महत्रा र उनकी सात वर्षीया छोरी बिपा महत्रा रहेका छन् ।

बिरामी पर्नेमा सोही परिवारका हुन्। जंगलबाट ल्याएको च्याउ खाँदा गम्भी बिरामी परेका रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा २१ गते शनिबार राति मृत्यु भएको थियो भने उनकी छोरी बिपाको उपचारको क्रममा लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे।

च्याउ खाएर गम्भीर बिरामी भएकी मृतककी सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्राको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको जनाइएकाे छ।

उनीहरूले यही बैशाख १७ गते जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा बिरामी हुन थालेपछि बैशाख १८ गते स्थानीय मेडिकलमा उपचार गरेका थिए।

त्यसैगरी १९ गते राती च्याउ खाएका सबैमा स्वास्थ्य समस्या देखिएको थियो। लगातार पखाला र बान्ता चलेपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा लगिएकाे थियो।

बिरामीकाे त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि बुटवल रिफर गरेको थियो। मृतक रामकलाका ससुरा डोमबहादुरले भने च्याउ नखाएको बुझिएकाे छ।

जंगलको च्याउ नखान भन्दा परिवारले नमानी खाएपछि बिरामी परेको ससुरा डोमबहादुरले बताए । मृतक बिपा महत्राको सवको मंगलबार पोष्टमार्टम गरी प्रहरीले आफन्तको जिम्मा लगाएको अस्पताल स्राेतले जनाएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.