उदयपुर, मंसिर २५ः छोरीको कुटाईबाट उदयपुरमा बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ५५ वर्षिय नेत्र बहादुर थापामगर रहेका छन् । उनलाई आफ्नै २८ वर्षीया छोरी अनिता थापामगरले कुटेका थिए ।
मादक पदार्थ सेवन गरेर बुवा र आमा वर्ष ५० की सस्मीता राई मगर विचको झगडा भएको निहुमा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँले तेरो आमा बाबुको ठूलो झगडा भईरहेको छोरीलाई सुनाएपछि छोरीले बुबालाई कुटपिट गरेको थियो । कुटपिटबाट बुबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धानको लागि मृतकका छोरी र श्रीमति प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा रहेको लिम्चुङबुङ गाउँपालिका २ का वडा सदस्य बोधबहादुर थापामगरले जानकारी दिए ।