ललितपुर फागुन १०: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलपफ्ल भैरहेको बताएका छन । मन्त्रीश्रेष्ठले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको जोड दिएका छन । लुःनिभा वाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफुले मन्त्रालयको वागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गरेका छन ।
कोभिड–१९को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नया योजना ल्याउने प्रकृया अघि बढेको बताउदै अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङगो लगाएको समेत मन्त्री श्रेष्ठले दावा गरेका छन । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्थाका साथै एसईईको गुणस्तर सुधार गर्न संघ बाटै एसईई लिने व्यवस्था गरेको पनि उनले बताए ।
समग्र सुदुर पश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रीसंग आयोजना गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए ।