छुरा प्रहार गर्ने वडा सदस्य पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 27 | 02:12 pm 2254

मोरङ, भदौ ११: खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन्।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार फरार रहेको शाक्यलाई उर्लाबारी–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । मोरङ–११ मा संलग्न फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङलाई छुरा प्रहार गरी शाक्य फरार रहेको मुद्दा लगाएको छ ।

वडा सदस्य शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । उर्लाबारी–५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार गरेका थिए । शाक्य उर्लाबारी जेसिजका अध्यक्ष र निर्माण व्यवसायी पनि भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.