छुट्टाछुट्टै भटियो दुई पुरुषको शव भेटियो

रिपोर्ट नेपाल | 2018 Nov 01 | 12:20 pm 3549

रौतहट, कात्तिक १५ :  छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव भेटिएको छ । जिल्लाको गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोलमा र अर्को माधवनारायण नगरपालिका–६ मा एक–एक जना गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव आज बिहिबार फेला परेको हो ।

त्यस्तै माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए। मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.