‘छिन्नलता प्रतिभा पुरस्कार’ अस्मिता अधिकारीलाई

| 2022 May 18 | 03:00 pm 3225

काठमाडौं, जेठ ४ः ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । गुठीले हरेक वर्ष गायक/गायिकालाई सम्मान गर्दै छिन्नलता गीत पुरस्कार प्रदान गर्दै आएको छ ।

यो वर्षको प्रतिभा पुरस्कार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । अधिकारीले आफूले छिन्नलता प्रतिभा पुरस्कार पाउन लाग्दा खुसी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

‘छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भए । नेपाली सङ्गीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत सङ्गीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ । यो खुसीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार तथा कृतज्ञ प्रकट गर्न चाहान्छु,’ उनले फेसबुकमा लेखेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.