सुनसरी, मंसिर २५ – इटहरी उपमहानगरपालिका-१२ खनारका एक युवकले साथीसँगकाे रिस आमासँग पाेखेर हत्या गरेका छन। जिल्ला प्रहरी कार्यालय इटहरीका अनुसार खनारका २५ वर्षिय गणेश चाैधरीले साेहि गाँउकी ५० वर्षिय भुमि चाैधरीलाई छुरा प्रहार गरि हत्या गरेका हुन।केही दिन अघि मृतक चाैधरीका छाेरा सँग सामान्य झगडा भएको थियोे ।इगाे पालेर बसेका २५ वर्षिय चाैधरीले छुरा प्रहार गरि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।हत्याको अभियाेगमा प्रहरीले चाैधरी पक्राउ गरेको छ।मृतकका छाेरालाई पनि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक छानवीन गरीरहेकाे जनाइएको छ।