अछाम, माघ ९: महिनावारी भएको बेला छाउगोठमा बस्न लगाएर भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले रावतलाई ४५ दिन कैद फैसला सुनाएको स्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए ।
छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन् । रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् ।
रावतलाई भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो । गोरखापत्र दैनिकबाट