छनोट खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग नेपाल ६७ रनले विजयी

| 2018 Aug 23 | 06:40 am 1845

काठमाडौं, भदौ ७: श्रीलंकामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।

श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए।

१९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलङ्का आर्मी स्पोर्ट्सले ३६.१ ओभरमा १२७ रन बताउँदा सबै विकेट गुमायो।

श्रीलङ्का आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्न सोमपाल कामी र वसन्त रेग्मीले समान तीन÷तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई, ललित भण्डारी, ललितनारायण राजवंशीले एक÷एक विकेट लिएका थिए।

दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलङ्काको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । यही भदौ ११ गते नेपाली टोली श्रीलङ्काबाट मलेशिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.