छतबाट खसेर गम्भीर घाइते रवि लामिछानेका चालकको निधन

| 2023 May 02 | 04:28 pm 2541

काठमाडौं, बैशाख १९: छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए।

उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.