काभ्रेपलाञ्चोक, फागुन २२ : आफू बस्दै आएको घरको छतबाट खसेर एक जना पूजारीको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको छतबाट खसेर मृत्यु भएको छ ।
घटनापछि उनलाई उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिए ।
थापाका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी तिमल्सिना बस्दै आएको जनाए ।
उनी मन्दिर नजिकै आगो तापेर बसेका स्थानीयवासीले पुजारी तिमल्सिना छतबाट खसेको देखेका बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।