काठमाडौं, चैत १: नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो कमेडी च्याम्पियनको विजेता धादिङका हिमेश पन्तले हात भएका छन्।
शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले कमेडी च्याम्पियनको उपाधि हात पारेका छन्।
आजको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।
फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।
विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।
उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरे ।