चौध वर्षीया बालिकाको करणीपछि हत्या गर्ने तेली पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 15 | 07:04 pm 2581

रौतहट, असोज २९ः जबरजस्ती करणी गरी १४ वर्षीया बालिकालाई हत्या गरेका यौन पिपासु चुनु साह तेलीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसादद्वारा जारी विज्ञप्तिका अनुसार रौतहट गढीमाई नगरपालिका १ घर भएकी सिताराम साहकी १४ वर्षीया छोरीलाई तेलीले उखु बारीमा करणी गरी हत्या गरेका थिए ।

सानै उमेरदेखि आफ्नो बाजेको घर बृन्दावन नगरपालिकामा बस्दै आएकी बालिकालाई असोज १४ गते बिहान करणी गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बिहान ९ बजे गाई बस्तुका लागि घाँस लिन गएकी बालिकाको लास अभिलेख यादवले होस नारायण यादवको उखु खेतमा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

यादवले बाख्रा धपाउन जाँदा बालिका मृत भएको देखेका थिए । यौन पिपासु चुनु साहकी छोरी मृतककी साथी भएको र उसको घरमा आउने जाने गर्दा गिद्धे नजर लगाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । उखु खेतमा ललाई फकाई लगेर करणी गरेपछि बालिकाले सबैलाई भनिदिन्छु भनेपछि घाँटी थिचेर हत्या गरेको विज्ञप्तिमा जनाइएको छ ।

यौन पिपासु चुनु साह तेलीले आफ्नो अपराध स्वीकार गरिसकेकाले रौतहट अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धीबिक्रम शाहले रिपोर्ट नेपाललाई बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.