काठमाडौं, पुस १९ : टिकापुर कान्डका मुख्य अभियुक्त आरोपी रेशम चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित राजपाका नेता हुन् । चौधरीलाई आजै सभामुख कृष्ण महराले आफ्नो कार्यकक्षमै सपथ ग्रहण गराउनेछन्।
प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने भएको छ।
निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि सपथ गराउनु संसदको कर्तव्य रहको सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले बताए । चौधरी शपथपछि निलम्बित संसदको रूपमा जेलमै रहनेछन् ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि चौधरीलाई सपथग्रहण गरेपछि पुरानै प्रकृया अनुसार अघि बढ्ने बताइन्।