काठमाडौं, भदौ १३: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकको ऐजेन्डालार्इ अन्तिम रुप दिन सदस्य राष्ट्रको मन्त्रीस्तरीय बैठक केही बेरमा शुरु भएको छ।
सोल्टी होटलमा बुधबार चौथो विम्स्टेक सम्मेलनका लागी मंगलबार बिमस्टेक सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औं बैठकले तयार गरेका ऐजेन्डालार्इ अन्तिम रुप दिन बैठक बसेको छ।
जसमा कनेक्टिभिटी, व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधिलगायत विषय समावेश हुनेछन्। बिहीबार र शुक्रबार चौंथो बिमस्टेक शिखर सम्मेलन हुने कार्यक्रम तय भएको छ।
मंगलबारको बैठकमा तेस्रो शिखर सम्मेलनदेखि हालसम्म भएका १४ वटा क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिएको थियो।
जसमा बिमस्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा (विद्युतिय ग्रेड) पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन लगायतका प्रतिवेदनहरु प्रस्तुत भएका थिए।