चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

| 2018 Aug 30 | 04:09 pm 1760

काठमाडौं, भर्दौ १४ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा सहभागी सातै मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु सम्मेलनस्थल पुगिसकेका छन्। अन्य विशिष्ट पाहुनाहरु पनि सम्मेलनस्थलमा पुगिसकेका छन्।

बैठकमा नेपालका प्रधानमन्त्री केपी ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुखरसरकार प्रमुखहरूले १५(१५ मिनेट मन्तव्य राख्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.