काठमाडौं, भदौ १४: चौंथो विमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइपुगेका छन्।
उनी सम्मेलनमा भाग लिन नेपाल आउने चौंथो पाउनका रुपमा भारतीय वायुसेनाको विशेष विमानमा बिहीबार ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
उनको विशेष सुरक्षाका लागि यसअघि नै भारतीय सेनासहित बुलेटप्रुफ हेलिकप्टर नेपाल आइसकेको छ। मोदीको सुरक्षार्थ आज बिहान ८ बजेदेखि साढे दुर्इ घण्टा नेपाली आकाश बन्द गरिएको छ।
मोदीलार्इ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलसहितको टोलीले विमानस्थलमा स्वागत गरेको थियो।

म्यानमारका राष्ट्रपति वान मिन्ट, भुटानका अन्तरिम सरकार प्रमुख ल्योन्पो छिरिंग वांगचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सीरसेना यसअघि नै पुगिसकेका छन्।
आजै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुज चाओचा आजै आउने कार्यक्रम छ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपरान्ह तीन बजे सोल्टी होटलमा गर्ने कार्यक्रम छ।
तस्बिर स्रोत: रभिस कुमारको ट्वीट