चोरी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 29 | 09:38 pm 1705

सिरहा, सुखिपुर नगरपालिका-८ बस्ने राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका-३ बस्ने २३ वर्षीय मंगल सहनी र औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय रफि राईन रहेका छन् ।

पसलको पछाडीबाट सुरुङ खनी पसल भित्र रहेको बिभिन्न कम्पनीको रक्सीहरु चोरी गरी लैजाने क्रममा उनीहरुलाई  ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले स. ११ प ५३१८ नम्बरको मोटरसाइकल र करिब १० हजार रुपैयाँ बराबरको सरसामान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.