सर्लाही, चैत १२ः चोरी गरी लगेको ट्याक्टरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । हरिवन नगरपालिका
११ बासा टोल स्थितबाट भिम बहादुर कटुवालको ना.७ त.४१४३ नं.को ट्याक्टर चोरी गरी लगेको भन्ने खबर प्राप्त हुन साथ सर्लाहीका सम्पुर्ण प्रहरी युनिटलाई जानकारी गराई खोजतलास गरिएकाे थियाे ।
खाेजतलासकाे क्रममा बुधबार प्रहरी चाैकी अर्नाहाको टोलीले बलरा नगरपालिका ७ अर्नाहा स्थितमा चेक जाँच गर्ने क्रममा, उक्त नम्बरको ट्याक्टर फेलापारी ट्याक्टर र चोरीमा संलग्न ५ जनालाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले जानकारी दिए ।