काठमाडाैं, असोज १८ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले चोरी गर्ने ४ जनाको एक समुहलाई पक्राउ गरेको छ । उनीहरुबाट ताला फोर्न प्रयोग हुने फलामको रड सहित नियन्त्रणमा लिई कोठा खानतलासी गर्दा बिभिन्न किसिमको धातुको मुर्ती, मोवाईल, नगद तथा अन्य धनमाल फेला परेको प्रहरीले जनाएको छ ।
उक्त धनमाल तथा मुर्ती कोही कसैको चोरी भएको भएमा स्वयम्भु कार्यालयमा सनाखतको लागी उपस्थित हुन समेत स्वयम्भु प्रहरीले अनुरोध गरेको छ ।