चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

| 2022 Jan 11 | 08:14 pm 1501

महोत्तरी, पुस २७ः जिल्लाको जलेश्वर नगरपालिका १ स्थित जलेश्वरबाट मंगलबार सशस्त्र प्रहरीले करीव ३ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख २४ हजार
रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चार वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको औषधी, मोवाईल पार्ट्स र हार्डवयरका सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १५ बसपार्क ईलाकाबाट बरामद गरेको हो । बरामद सामान तथा साईकल भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव २ लाख १२ हजार रुपैयाँ बराबरको लत्ताकपडा गरेको छ । उक्त लत्ताकपडा पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ३ झौवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.