रुपन्देही,असार ४।सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मख्खन र एउटा मोटरसाईकलसहित सिद्धार्थनगर नगरपालिका ९ बर्मेलिटोल बस्ने ३५ बर्षिय गोपाल आडवानीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
लु ७ प ५७४७ नम्बरको मोटरसाईकलमा राखि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मख्खन प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो । यसैगरी सोही ईलाकाबाट सशस्त्र प्रहरीले १ लाख ५ हजार ७ सय ८५ रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ।
नियन्त्रणमा लिईएको व्यक्ति, सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।