चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

| 2023 Oct 11 | 12:34 pm 1609

बाँके, असोज २४ ।  जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको जनाएको छ ।  सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए ।

बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जनाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.