बाँके, मंसिर २७ः जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा गाडी स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।