चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद

रिपोर्ट नेपाल | 2021 Sep 23 | 07:59 am 2089

रुपन्देही, असाेज ७ः  जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव ४ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको विष्णु गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट करीव ४ लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । त्यसवेला बीआर ३० के ३१०७, बीआर ३१ एम ७२४४ र बीआर ३० डी ०२४२ नम्बरको भारतीय मोटरसाईकलमा राखेर भन्सार छली अवैध रुपले  नेपालतर्फ ल्याउँदै गरेका व्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त लत्ताकपडा तथा मोटरसाईकल सोही ठाउँमा छाडी भागि फरार भएका थिए ।
उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको तीन वटै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ४ वटा अटोमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामान ल्याउने व्यक्ति सो लत्ताकपडा तथा अटो सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद लत्ताकपडा तथा अटो भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.