कपिलवस्तु, असाेज ५ः जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट सशस्त्र प्रहरीले मंगलबार करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कृष्णननगरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ९२ हजार रुपैयाँ बराबरको किराना
सामान बरामद गरेको छ । वेवारिसे अवस्थामा राखेको उक्त सामान सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
त्यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।
आगलागी नियन्त्रण
सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ सैनिक चोकस्थित एक किराना पसलमा गएरराती भएको लागलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको हो । सोही ठाउँमाा रहेको साने कुमार महतोले संचालन गरेको उक्त किराना पसलमा आगलागी हुँदा करीव १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।