चोरीनिकासीको सुर्तीजन्य सामान बरामद

रिपोर्ट नेपाल | 2023 Jul 25 | 02:44 pm 1549

ईलाम, साउन ९ । सुर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर ईलामले बरामद गरेको हो । सामान लैजाँदै गरेका व्यक्तिहरु भने सामान छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.