चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 17 | 09:30 pm 2557

काठमाडौं, माघ ४ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसिको पल्सर मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आइतबार गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका ९ घर भई साँखु बस्ने २५ वर्षीय रुद्र बहादुर श्रेष्ठले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा९९प ४११४ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

उक्त मोटरसाईकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने  २६ वर्षीय बिक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ ।

भक्तपुर नगरपालिका ४ बस्ने सुमन सुवालको बास्तबिक नम्बर बा९४प ९३३८ भएको रातो कालो रङ्गको २२० सिसिको पल्सर मोटरसाईकल भक्तपुर सुर्यबिनायकबाट हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।

हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाईकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

आर्थिक वर्ष०७७/७८ मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा
लगाएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.