चोरीको मोटरसाईकल किनबेच गर्ने एक समुह पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 10 | 02:46 pm 2546

बारा, जेठ २७:  भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाईकलहरु चोरी गरी विक्री गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव, बारागढी गाउँपालिका वडा नम्बर २ मलाही टोलका २० वर्षीय सुरेश मुखिया बिन, १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन् ।

मोटरसाईकल चोरी गर्ने गिरोह सक्रिय रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

रातको समयमा बारा बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा मठ अगाडी सडकमा चोरीको अन टेस्ट अपाची मोटरसाईकल थान–१ र बिआर ०५ आर ७५३८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल थान–१ गरी जम्मा–२ थान मोटरसाईकल सहित समुहका पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.