चोरीको गाडीसहित एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 09 | 02:24 pm 2395

काठमाडौँ, चैत २६ : काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–१४ का कमल महर्जन रहेका छन् । उनलाई नयाँबसपार्कको आकाशेपुल मुनिबाट बा ६ च ४४२५ नम्बरको डिआई गाडीसहित पक्राउ परेका हुन् ।

उक्त गाडी ललितपुर ग्वार्कोबाट चोरी भएको थियो । खोजीमा रहेको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.