चोरीका मोबाइलसहित ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 27 | 05:32 pm 2033

काठमाडौं, पुस १२ : मोबाईल चोरीको घटनाले अति बनाएपछि आक्रामक बनेको बलम्बु प्रहरीले चोरीमा संलग्न व्यक्ति र चोरीका मोबाइलसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्वुले वढ्दो मोबाईल चोरीको गुनासो आउन थालेपछि विशेष अप्रेसन चलाएर मोवाईल चोर र चोरी भएका मोबाइलसहति ४ जनालाई नियन्त्रणमा लिएको हो ।

बलम्वु प्रहरीका प्रहरी निरिक्षक शकंर खड्का नेतृत्वको टोलीले चन्द्रागीरि नगरपालिका वडा नम्बर ११ फ्रुट्री कारखाना अगाडिबाट खरी २ धादिङ घर भई हाल कपन काठमाडौं बस्ने २४ वर्षीय बिपिन सुनारलाई चोरीको मोबाईलसहित नियन्त्रणमा लिएपछि मोबाइल् चोरको गिरोह पक्राउ परेको हो ।

अनुसन्धानको क्रममा चोरीको मोबाईलसहित थप गिरोह समेतलाई नियन्त्रणमा लिन बलम्बु प्रहरी सफल भएको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले चोरीको मोबाईलसहित धादिङ्ग घर भई बालाजु बस्ने २५ वर्षीय बलराम परियार, धादिङ्ग घर भइ दक्षिणकाली ९ बस्ने वर्ष २० को शैलेस तामाङ, धादिङ्ग घर भइ काठमाडौं ११ बस्ने वर्ष १९ को छिरिङ लामा र चन्द्रगिरि नगरपालिका १३ नैकाप बस्ने २९ वर्षीय भरत थापालाई पक्राउ गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.