चोरको समुहले कुटपिट गर्दा बृद्ध दम्पती घाइते

रिपोर्ट नेपाल | 2019 May 08 | 01:29 pm 2831

काठमाडौं, वैशाख २५: पूर्वी चितवनको राप्तीमा बुधबार बिहान चोरको एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । बृद्ध दम्पतीको साथबाट चोरको समूहले गरगहना लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्बर–७ का ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा बुधबार बिहान करीब २ बजे आएको चोरको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको बताए । आक्रमणमा परी पोखरेल र उनकी श्रीमती ६५ वर्षीया मनरुपा पोखरेल घाइते भएका छन् ।

घाइते बृद्ध दम्पतीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ । दम्पतीको साथबाट रिङ् र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ ।

पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.