काठमाडौं, ०५ चैत / यही चैत ७ गते बुधवार नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुराँ भने नियमित सञ्चालनमा रहने छ । केबलकारको नियमित सेवा चैत ८ गते बिहीवारदेखि पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ ।