चैतेभिरबाट जिप खस्यो, एकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 10 | 02:34 pm 2700

फिदिम, असार २६ : पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट जिप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान जिप खस्दा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृतुभएको भएको हो । जीपमा सवार अन्य नौजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जिप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जिप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । जिपमा १० जना सवार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.