चेक बाउन्स मुद्दामा मोडल खुस्बु ओलीलाई ३ महिना कैद

रिपोर्ट नेपाल | 2019 May 22 | 02:37 pm 2314

काठमाडौं, जेठ ८ :  जिल्ला अदालत, काठमाडौंले मोडल खुस्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक बापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले खुस्वुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.