चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित शीर्षनेता चितवन आउँदै

रिपोर्ट नेपाल | 2022 Nov 11 | 01:01 pm 1053

चितवन, कात्तिक २५ः लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउने भएका छन्।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए।

यस्तै नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ। कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.