चीन तथा दक्षिण पूर्वएसियाका थिङ्क ट्याङ्क सम्मेलनमा उप्रेती

रिपोर्ट नेपाल | 2018 Sep 15 | 12:41 pm 1680

चीनको युनान प्रान्तको तेहाङ शहरमा सम्पन्न ‘ट्रान्स हिमालय कनेक्टिभिटी को–अपरेसन डेभ्लोपमेन्ट’ विषयक चीन र दक्षिण तथा दक्षिण पूर्व एसियाका विज्ञहरूको सम्मेलनमा सहभागी भई नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती काठमाडौँ फर्किएका छन् । चाइना अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धन प्रतिष्ठान (सीआईसीआईआर)को आयोजनामा सम्पन्न चीन र दक्षिण तथा दक्षिण पूर्व एसियाका थिङ्क ट्याङ्कहरूको सम्मेलनमा भाग लिई चीन अध्ययन केन्द्रका संस्थापक कोषाध्यक्ष उप्रेती काठमाडौँ फर्किएका हुन् । सम्मेलनमा सहभागी हुन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम पनि चीनतर्फ गएका थिए ।

उक्त सम्मेलनमा क्षेत्रीयरूपमा आपसी सहकार्यका सम्भावनाबारे विभिन्न १६ विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । पहिलो दिनको प्रथम प्राज्ञिक सत्रको अध्यक्षता निवर्तमान कुलपति उप्रेतीले गरेका थिए । उप्रेतीले नेपाल, चीन र भारतबीच त्रिपक्षीय सहकार्यका सम्भावनाबारे नेपालको दृष्टिकोण सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै महासचिव डा. गौतमले नेपालको आफ्ना छिमेकीसँगको सहकार्यको स्थिति र अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

चिनियाँ सरकारको सबैभन्दा शक्तिशाली थिङ्क ट्याङ्क मानिने समसामयिक अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्ने चिनियाँ प्रतिष्ठान (सीआईसीआईआर)को आयोजनामा सम्पन्न सो सम्मेलनमा चीनका तीन दर्जन भन्दा बेँसी परराष्टविद्, विशेषज्ञ र नेपाल, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का र म्यानमारका दुई दर्जन विज्ञ सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.