चीन जाने सोल्टी र मितिनी जोडी गैंडा सौराहबाट हिडे

| 2018 Aug 14 | 06:15 pm 1811

चितवन, साउन २९: सरकारले चीन सरकारलाई उपहार दिन लागेको थप दुई गैंडा आज मंगलबार चितवनबाट काठमाडौंका लागि हिडाइएको छ । रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार सोल्टी र मितिनी नाम दिएका ती दुई गौंडा नेपाल प्रकृति संरक्षण कोष सौराह चितवनबाट ट्रकमा हिडाइएको छ ।

मंगलबार साँझ साढे पाँच बजे नेपाली सेनाको स्कटीङबाट ना ५ ख ७९९६ र ना ७ ख १२७० नम्बरको ट्रकबाट सोल्टी र मितिनीलाई हिडाइएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.