चीनमा १ सय ३२ जना सवार विमान दुर्घटना हुँदा सबैकाे मृत्यु

रिपोर्ट नेपाल | 2022 Mar 22 | 11:57 am 1669

मस्को, चैत ८: चीनमा १ सय ३२ जना सवार रहेको यात्रुवाहक विमान सोमबार चीनको दक्षिणी पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । चीनको ग्वाङ्शी प्रन्तमा भएको विमान दुर्घटनामा सबै यात्रुहरुको मृत्यु भएको आशंका गरिएको छ।

चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान कुन्मिङबाट उडेर ग्वाङ्जाऊतर्फ जाँदै थियो। दुर्घटना भएको विमानबाट कसैलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको ठानिएको छ। तर दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन।

चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १३२ जना यात्रु र चालकदलका नौ सदस्य रहेको जनाएको छ। चिनियाँ विमानहरू राम्रो सुरक्षा प्रत्याभूति गर्नेमा गनिन्छन्। यसअघि चीनमा ठूलो हवाई दुर्घटना १२ वर्षअघि भएको थियो।

चीनको सीसीटीभीका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भएका छन् र दुर्घटनाका कारण जङ्गलमा लागेको आगो निभाएका छन्। सामाजिक सञ्जालमा स्थानीय बासिन्दाले शेअर गरेको जस्तो देखिने भिडिओहरूमा विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका देखिन्छन्। दुर्घटना भएको ठाउँमा आगोको ज्वाला र धुवाँको मुस्लो देखिन्छ।

फ्लाइट ट्र्याकिङ गर्ने बेवसाइटहरूका अनुसार विमान एक घण्टाजति आकाशमा थियो। विमान कम्पनीले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। स्थानीय सञ्चार माध्यमका अनुसार उसले सामाजिल सञ्जाल वेबोमा आफ्नो लोगो खरानी रङ्गको बनाएको छ र वेबसाइट श्यामश्वेत बनाएको छ।

विमान वुझाऊ प्रान्तनजिकै रहेको तेङ काउन्टी छेउमा झरेको देखिएको छ। ग्वाङ्शी प्रान्त ग्वान्जाओनजिकै छ।

‘फ्लाइडर्‍याडर २४’ मा प्रकाशित विवरणअनुसार विमान अन्तिम पटक स्थानीय समयानुसार २:२२ मा ३,२२५ फिटको उचाइमा रहेको देखिएको थियो। चिनीयाँ राष्ट्रपति सि जिनपिङले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

ग्वान्जाओमा आफन्तहरु एयरपोर्टमा दुर्घटनामा परेकाको समाचार थाहा पाउन पर्खिरहेका छन्। उनीहरु भावविह्वल भएका छन्। बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.