चीनमा कोरोना भाइरस उपचारमा संलग्न थप एक डाक्टरको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 11 | 09:32 am 1924

एजेन्सीः चीनमा कोरोना भाइरसका कारण थप एक डाक्टरको मृत्यु गएको छ । टोङ्जी अस्पतालमा कार्यरत ६२ बर्षीय डाक्टर लिन जेङविनको नोवल कोरोना निमोनियाका कारण ज्यान गएको बताइएको हो ।

वुहानमा कार्यरत डाक्टर लिन राम्रो ट्रान्सप्लान्ट डाक्टर रहेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएको छ । उनको सोमबार कोरोना निमोनियाका कारण ज्यान गएको हो ।

यस अघि पनि चीनमा कोरोनाबाट अर्का डाक्टरको पनि ज्यान गएको थियो ।हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको थियो ।

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्यान गएको हो ।

अहिलेसम्म चीनमा कोरोना भाइरस संक्रमणका कारण एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जनाइएको छ भने ४२ हजार  भन्दा बढी संक्रमित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.