चीनमा कोरोना भाइरसका कारण एक डाक्टरसहित ६ सय ३६ मृत्यु, ३१ हजार संक्रमित

| 2020 Feb 07 | 09:31 am 1772

काठमाडौं, माघ २४: कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

चीनको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ७३ जनाको ज्यान गएको बताएको छ ।

मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ९ सय ६२ जना गम्भीर बिरामी छन् र बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन्।

अहिलेसम्म चीनका विभिन्न शहरमा उपचाररत संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन् ।

त्यस्तै उपचारपछि १ हजार ५ सय ४० जना अस्पतालबाट निको भएर फर्किएको तथ्यांक सार्वजनिक गरेको छ।

कोरोना भाइरसका कारण चीन बाहिर भने २ जनाको ज्यान गएको छ। कोरोनाको बारेमा सबैभन्दा पहिला विश्व समुदायलाई जानकारी दिने चिनीयाँ डाक्टरको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.