काठमाडौं, फागुन १: चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिदै नेपाल आउने नेपालीहरूलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने बताए ।
क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उनले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताए ।
उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसंग भेटघाट गर्न दिइने छैन । रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ । क्वारेनटाइनमा एम्बुलेन्सको व्यवस्था गरिएको हुन्छ ।
हुबेइबाट आउने नेपालीलाइ छ बुँदे शर्त यस्तै चीनको हुबइबाट नेपाल आउने नेपालीलाई बेइजिङस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने नियमहरुबारे जानकारी गराएको छ ।
बेइजिङस्थित नेपाल राजदुतावासले त्यहाँ रहेका नेपालीहरुलाई उपलब्ध गराएको नियममा क्वारेनटाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने जानकारी गराएको छ । गोरखापत्र दैनिकबाट