चीनद्वारा १५० नेपाली कामदार फिर्ता

रिपोर्ट नेपाल | 2019 Jun 01 | 10:10 am 1759

काठमाडौं, जेठ १८  : चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरी पक्राउ गरेको थियो । पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा परेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको सीमा पास खोसेको छ ।

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन् । बाँकी एक–दुई दिनमै आउने भएका छन् । कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन् । ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका नाम्खा गाउँपालिका–१ का दाबा लामाले १५० जना शुक्रबार नै फिर्ता भइसकेको बताए । नेपाली कामदार फिर्ता गर्ने हल्लाले उनीहरू निराश बनेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.