चिसोले कठ्याङ्ग्रिएर बाजुरामा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 18 | 03:12 pm 1881

बाजुरा, पुस ३ः जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.