भोजपुर, मंसिर १९: गत सोमबार अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पट प्रहार गरेर दाजुको हत्या गरेका छन् ।
१८ बर्षीय डिक बहादुर राईले दाजु ४० बर्षीय सुवास राईको हत्या गरेका हुन् । हत्या गरेको आरोपमा प्रहरीले भाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिए।
यही मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा रिसको आवेगमा भाइले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाए । कुटपीटबाट घाइते भएका दाजु सुवासको घर मै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो ।
हत्याको अभियोग लागेका डिक बहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको बुझिएको छ ।