नवलपरासी, वैशाख २१ : पश्चिम नवलपरासीमा आफ्नै छोराले बुबाको निर्मम हत्या गरेका छन् । सरावल गाउँपालिका–२ दंगियाका २२ वर्षीय जब्बर मुसलमानले आफ्नै ४५ वर्षीय बुबा अलाहुदिन मुसलमानलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
पारिवारीक विवाद भएपछि शुक्रबार राती जब्बरले बुबा अलाहुदिनलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उक्त चिर्पट प्रहारबाट गम्भीर घाइते भई सुतेका अलाहुदिन शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए ।
चिर्पट प्रहार गर्ने जब्बरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बुझिएको छ ।