झापा, असार ३०: जिल्लाकाे मेचीनगर नगरपालिका १३ फुलबासा खोलामा चिप्लिएर खस्दा अढाई वर्षीय अजित प्रसाईको ज्यान गएको छ ।
साेमबार बिहान बुवासँग खेतमा पछ्याउँदै जाँदा चिप्लिएर खोलामा लडेका अजितलाई उनका बुवाले स्थानीयको सहयोगमा अस्पताल लगेका थिए ।
बालकलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए ।